logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपालले भुटनलाई ३ विकेटले पराजित गर्दै


  • जन आकाश
  • आइतबार, भाद्र १७ २०८०

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।



यूकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएर जितका लागि दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेर विजयी भएको हो ।

नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १र१ विकेट लिए ।

नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले ११ विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend