logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दुर्गेश थापाको ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’ सार्वजनिक


  • जन आकाश
  • आइतबार, भाद्र १७ २०८०

काठमाडौँ । हरेक वर्षको तीजमा गायक दुर्गेश थापा कुनै न कुनै कारणले चर्चामा रहन्छन् । यो पटक पनि उनले गीतमा नयाँ प्रयोग गरेर चर्चा बटुलेका छन् ।



यो पटक उनको चर्चाको विषयमा दुर्गेश होइन, दुर्गा नाच्छे बिच्च बिच्चमा भन्ने भएको छ । आफ्नो सुपर हिट गीत ‘बिच्च बिच्चमा’ को छैटौँ शृङ्खलाको रूपमा उनले ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’ ल्याएका हुन् ।

गीतको भिडियोमा दुर्गेश तेस्रो लिंगीको रूपमा देखिएका छन् भने उनले महिलाको पहिरन उफ्री उफ्री नाचेका छन् । गीतमा शब्द तथा सङ्गीत दुर्गेशकै रहेको छ भने स्वरमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेती र बिगेश श्रेष्ठको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।

दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ गीतबाट चर्चा कमाएका थिए । त्यसपछि साङ्गीतिक क्षेत्रमा स्थापित उनी बेलाबेलामा विवादमा मुछिँदै आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend