logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“तिमीले रोजेको मान्छे” बोलको गीत बजारमा


  • जन आकाश
  • सोमबार, भाद्र १८ २०८०

काठमाडौं । गीत गीतकार आनन्द राज खनालको नयाँ गीत “तिमीले रोजेको मान्छे” सार्वजनिक भएको छ । उनले आफ्नै युट्युब च्यानलमा उक्त गीतको म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक गरेका हुन् । गीतकार, संगीतकार, संगीत संयोजक, गायक गायिका सबै जना संगै बसेर उक्त भिडियो निर्माण गरिएको छ ।



आनन्द राज खनालको शब्दमा चर्चित युवा संगीतकार दिपक शर्माको संगीत छ भने सुशान्त गजुरेलले संगीत संयोजन गरेका छन् । पुरुष स्वर सविन सुवेदीको छ भने नारी स्वर अनु चौधरीको रहेको छ ।

कसैले रोजेको, खोजेको र चाहेको मान्छेको गुण कस्तो हुन्छ भन्ने कुरा नै यस गीतको मूल विषय हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा परिचित खनाल पछिल्लो समय गीत लेखनमा पनि उत्तिकै सक्रिय छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend