जन आकाश
काठमाडौं । जन आकाश मिडियाले निर्माण गरेको निकै मार्मिक र मर्म स्पर्सि तिज गीत जन आकाश मिडियाको युटुब च्यानल जन आकाश टिभिबाट सार्वजनिक भएको छ ।
उक्त गीतमा चन्द्रवती अधिकारीको शव्द र रामकृष्ण थापाको संगीत रहेको छ ,भने हहिलेको चर्चित गायिका उषा गजुरेलेको स्वर रहेको छ । प्रेम शर्मा पौडेलको कोरियोग्रफी र मोहन कार्कीको निर्देशन रहेको गीतमा गायिका स्वयम आफै र सुसेली कलाकारको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
जन आकाश मिडियाको कार्यलय बागबजारमा चर्चित तथा हास्य व्यग्य वरिष्ठ कलाकार सुुवास गजुरेल, वरिष्ठ कलाकार उत्तम केसी,ख्यातिप्रप्त गायक गायिका, मोडलहरु, कलाकारहरु, पत्रकारहरुको बाक्लो उपस्थितिमा जन आकाश मिडियाले निर्माण गरेको गीतलाई जन आकाशकै अफिसियल च्यानल jana Aakash tv बाट सार्वजनिक गरेको हो ।
जन आकाश मिडियाले २०८० साल असार २० गतेदेखि साउन ५ गतेसम्म सुसेली तिज गीत प्रतिस्पर्धा आहन गरेको थियो जसमा ३८ वटा गीतहरुले भाग लिएका थिए । ति मध्य उत्कृष्ट छनौट गरेर जन आकाश मिडियाले निर्माण गरेको थियो । उत्कृष्ट हुन सफल कोहलपुुर निवासी चन्द्रावती अधिकारीको रचनालाई सुुसेली तीज गीत जन आकाश साप्ताहिकको १६ औं बर्षिकोत्सव पारेर सर्वजानिक गरिएको थियो ।
उक्त गीत छनौट समिति निर्माण गरिएको थियो । निर्णायक मण्डलहरुमा वरिष्ठ साहित्यकार,डा. बम बहादुर थापा जिताली, वरिष्ठ साहित्यकार डा. सैलेन्द्र प्रकार नेपाल,वरिष्ठ साहित्यकार तिलक लुुइटेल रहेका थिए ।
साहित्यकारहरुलाई यसरी प्रतिस्पर्धा गराएर उत्कृष्ट छनौट गरी साहित्कारको निशुल्क गीत निर्माण गरेर साहित्यकारहरुलाई प्रोत्साहन गर्ने पहिलो मिडिया पनि जन आकाश मिडिया बनेको छ ।
छाडा र उत्ताउला गीतले तीजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला तीजको झल्को मेटिने गरी गाउघरमा आमा ,बुवा हजुरआमाहरुले घन्काउने लोक भाकालाई टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक (माईति घरमा जाउला )बोलको तीज गीतको म्युजिक भिडियो जन आकाश मिडियाले बजारमा ल्याएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend