logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

निखिल उप्रेतीले एआईको सहयोगमा ‘सुपरहिरो’ फिल्म बनाउँदै


  • जन आकाश
  • मंगलबार, भाद्र १९ २०८०

काठमाडौं । निखिल उप्रेती एक्सन अभिनेताको रुपमा दर्शकमाझ चर्चित छन् । साततले भवनबाट हामफालेका उनको कुनैबेलाको स्टन्टको चर्चा अहिले पनि हुने गर्छ । उनै निखिललाई लिएर यतिबेला नयाँ खबर छ ।



निखिलले नेपालीपन बोकेको सुपरहिरो फिल्म निर्माणको तयारीबारे खुलासा गरेका छन् । हलिउड स्टुडियो मार्वलले बनाउने सुपरहिरो फिल्मबाट आफू प्रभावित भएको र नेपालमा पनि यस्तै खाले सुपरहिरो फिल्मको परिकल्पना आफूले गरेको उप्रेतीले बताएका छन् ।

उनले भने, ‘म मार्वलबाट प्रभावित भएर फिल्म पनि बनाउँदैछु । बजेट ठूलै अवश्य हुन्छ । तर नेपाली फिल्म भनेर बाहिरको लागि पनि देखाउन सकौं न ।’ यो अनटाइटल फिल्मले नेपालीपन बोक्ने उनको भनाइ छ । नेपालको कथावस्तुलाई विश्वले हेरोस् भन्ने उद्देश्यले फिल्म बनाउन लागिएको उनले बताए ।

‘हाम्रो सुपरहिरो कस्तो होला  कस्तो इनोसेन्ट होला । स्पाइरम्यानजस्तो त पक्कै नहोला,’ उनले भने । निखिलले यो फिल्ममा लगानी गर्न केही व्यक्तिले रुचि देखाएको र आफूले निर्देशन गर्न सक्ने संकेत गरेका छन् ।

यो फिल्म निर्माणका लागि आफूले कृत्रिम बौद्धिकता (एआई) बाट सहयोग लिनेबारे पनि उनले कुरा गरेका छन् । निखिलको पछिल्लो फिल्म ‘भिलेन’ सन् २०१९ मा रिलिज भएको थियो । ‘पिंजडा’बाट उनले नेपाली फिल्ममा अभिनय करिअर थालेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend