जन आकाश
बिनोद कार्की ।
काठमाडौं । नेपालीहरुको महान चार्ड तीज नजिकिए सँगै कलाकारहरुले नयाँ नयाँ सिर्जनाहरु बजारमा ल्याएका छन् । सोहि क्रम्मा सुवास गदालको (लेखन निर्देशन) रहेको निकै मार्मिक र मर्म स्पर्सि ‘पिरै पिर’ बोलको तीज गीत बजारमा सार्वजनिक भएको छ ।
उक्त गीतमा झल्क संगीतमको संगीत र सुवास गदालको शब्द हेको छ भने गीतमा अहिलेको चर्चित गायक मोहन नेपाली ,कुसल बिसोकर्म गणेस बाबू बि.क गायिका तर्फ सुनिता बुढा क्षेत्री ,कृष्ण परियार लक्ष्मी खड्का, किरण श्रीपाली ,आशा बि.क को समिक्त स्वर रहेको छ । सुवास गदाल स्वयमको निर्देशन र बिरेन्द्र परियारको छायांकन रहेको गीतमा चर्चित मोडल भिडियो सम्पादन अनिल बिष्ठ ,दिया जिसी ,गोमा न्यौपाने ,खेम भुजेल ,एलिना कार्की, सुपृया हमाल प्रकाश रोका आदिको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
“यो भन्दा अघिल्लो बर्षमा हामिले (पिरै पिर) बोलको गीत बजारमा सार्वजनिक गरेका थियौें । सोहि गीत स्रोता दर्शकले एक्दमै रुचाइदिएका थिए । यसपालीको तीजमा पनि पार्ट २ निकाल्नु पर्छ भनेर दर्शकले कमेन्ट गरेरै नै हामिले (पिरै पिर) २ गीत निकालेका हौ । गत बर्षको (पिरै पिर ) १ गीत दर्शकले जति रुचाइदिनु भएको थियो त्यो भन्दा बढि पिरै पिर २ लाई रुचाइदिनु भयो ।” एक्दमै खुसी लाग्छ , यसै गीतका लेखक तथा निर्देशक सुवास गदाल बताउँछन् ।
केहि दिन अघि मात्र “ अनिल बिष्ठ प्युठानी युटुब च्यानलबाटा सार्वजनिक भएको गीत अहिले युटुबको ट्रेन्डिङमा पर्न सफल भएको छ । छोटो समयमै स्रोता दर्शको मन जित्न सफल भएको ‘पिरै पिर ’ बोलको गीत अहिले टिकटक फेसबुकका पेजहरुमा जताततै ब्यापक चर्चा कमाएको देखिन्छ ।”
छाडा र उत्ताउला गीतले तीजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला जल राप्ति डिजिटल म्युजिक प्रा .लि ले तिजको झल्को मेटिने गरी गाउँघरमा आमा , हजुरआमाहरुले घन्काउने लोक भाकालाई टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक तीज गीतको म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । बिगतका केहि बर्षदेखि जल राप्ति म्युजिक प्रा.लिले नयाँ नयाँ सिर्जनाहरु बजारमा ल्याउँदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend