जन आकाश
काठमाडौ । मंगलबार विभिन्न क्षेत्रका अभिभावक, वुद्धिजीवी एवं समाजसेवीहरूको एक भेला सम्पन्न भयो । विद्यमान अवस्थामा भेलामा विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत वालवालिकाको सामुहिक अभिभावकीय जिम्मेवारी लिनुपर्ने दायित्वमाथि मनन गर्दे नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुरलाई नयाँ ढंगले सशक्त र सक्रिय बनाउने निर्णय गरेको छ।
नयाँ पुराना सदस्यहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाको नया कार्यसमिति चयन गरेको छ।
समितिमा गोविन्द दाहाल अध्यक्ष,रामकृष्ण न्यौपाने उपाध्यक्ष, बद्रि प्रसाद पौडेल सचिव र सुरेन्द्रप्रसाद जोशी कोषाध्यक्ष रहेका छन् ।
यसैगरी कार्यसमितिका सदस्यहरुमा गोविन्द प्रसाद दाहाल,धिरज कायस्थ, बलराम दाहाल,श्याम वानिया, मोहनकृष्ण श्रेष्ठ र लालबहादुर भुजेल रहेका छन्।
विधान अनरुप पदेन सदस्यमा पूर्व अध्यक्ष प्रवीण जोशी रहेको कुरा सचिव पौडेलले बताएका छन्।
तत्काल बसेको समितिको बैठकले निकट भविष्यमा अधिवेशनको लागि ४ वटै नगरपालिका क्षेत्र प्रतिनिधित्व हुनेगरी तयारी समिति बनाउने निर्णय गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend