logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कृष्ण जन्माष्टमी सुसेली:बिवश पारदर्शी


  • जन आकाश
  • बुधबार, भाद्र २० २०८०

कृष्ण जन्माष्टमी सुसेली:बिवश पारदर्शी, झापा



भयो विहानी
कृष्ण आए दुवार
जाग परानी !१

राधा रानीले
माया गरी बोल्दिने
आनीबानीले ।२

प्रभु रुनुभो
राधा प्यारी नहुदा
एक्लो हुनुभो ।३

वंशी धुनले
धरतीमा चियाए
घाम जूनले !४

जन्म पवित्र
धर्ती टेक्दा कृष्णले
भाथ्यो विचित्र ।५

जन्मे जेलमा
माता पिता नेलमा
दैवी खेलमा ।६

गर पूजन
राम कृष्ण एकै हुन्
कुरो बुझन ।७

बुझ्यो कंसले
श्रीकृष्ण सामु ठाउँ
छोड्यो हंसले !८

कृष्ण गोपाल
पापी बडे अतिनै
आऊ नेपाल ।९

बज्यो बाँसुरी
कृष्ण जन्म अष्टमी
भाग्छ आसुरी ।१०

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend