logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दयाहाङ राई र मिरूना मगरको “नांगो गाउँ” फिल्मको गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, भाद्र २० २०८०

काठमाडौं ।  दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म “ नांगो गाउँ” को गीत सार्वजनिक भएको छ ।



मंगलबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्ममा समावेश सुन सुन सुन्दरीु बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अन्जु पन्त र एसडी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।

गीतको भिडिओमा अभिनेता दयाहाङ राई र मिरूना मगर फिचर्ड छन् । यसअघि फिल्ममा समावेश एक गीत सार्वजनिक भइसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकले रूचाइ रहेका छन् । यो गीत चित्लाङमा छायांकन गरिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडिओलाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।

दीपेन्द्र लामा लेखक तथा निर्देशक फिल्ममा दयाहाङ र मिरूनासँगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शंकर आचार्य, केशव राई इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरे लगायत कलाकारको अभिनय छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend