logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भारतका मनीले उचाले मिष्टर एशियाको उपाधि


  • जन आकाश
  • बुधबार, भाद्र २० २०८०

काठमाडौँ । ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपमा मिष्टर एशियाको उपाधि भारतका सराभनन मनीले जितेका छन् । आफ्ना १० प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जितेका हुन् ।



शारीरिक सुगठनतर्फको विभिन्न १० तौल समूहका विजयीहरुबीच भएको मिष्टर एशियाको विजेता मनीले ट्रफी पाए । उनी ९० केजी तौलसमूमा विजयी हुँदै ओभर अल राउण्डमा प्रवेश गरेका थिए ।

प्रतियोगिता एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेसनको आयोजना र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भएको हो । प्रतियोगितामा पुरुष तर्फ नेपालले कुल दुई सय ६० अंकसहित टिम च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्‍यो । पुरुष तर्फ भारत सात सय ९५ अंकसहित पहिलो र थाइल्याण्ड पाँच सय ९० अंकसहित दोस्रो भए ।

महिलातर्फ थाइल्याण्ड टिम च्याम्पियन बन्यो । भियतनाम दोस्रो र हङ्कङ तेस्रो भए । बुधबार सम्पन्न पुरुष एथलेट फिजिक १८२ सेमीमा नेपालका विप्लभ कार्कीले कांस्य पदक प्राप्त गरे । उक्त स्पर्धामा भारतका रामा सोमाशेखर पहिलो र भुटानका टान्डिन वाङ्चेन दोस्रो भए ।

च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण, ६ रजत र पाँच कांस्य पदक प्राप्त गर्‍यो  विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा र रनजी श्रेष्ठले ५५ केजीमा स्वर्ण जिते  सुरेश दुवालले ५५ केजी, अशिम बाबु गरुङले ६० केजी, मनोज सुवेदीले ६५ केजी, ललित धिमालले ७५ केजी र राजु राईले फिटनेश फिजिक तथा तारा खैजुले मोडल फिजिक्समा रजत पदक प्राप्त गरे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend