logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नाडा अटो शो मा फोर्स अरबानीया लन्च हुँदै


  • जन आकाश
  • शुक्रबार, भाद्र २२ २०८०

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शो मा भारतमा अत्याधीक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स कम्पनिको अरबानीया (Urbania) माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरीने भएको छ ।



यस बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । विषेशत पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु ,कुटनीतीक निकायहरु,सरकारी तथा गैर सरकारी संस्थाहरुका लागी यो माइक्रोबस उपयूक्त हुने देखिन्छ । यो माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

अरबानीया सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङ्ग हरुमा अब्बल मानियको छ । ड्युल एअर ब्याग यूक्त यस गाडी मा एरोडाइनामीक क्यास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन ,स्टाइलीस डि आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए सी सीस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग ,हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ्ग पोर्टको ब्यबस्था भएको,सेन्ट्रलडोर लकीङ्ग वीथ रिमोट किलेस इन्ट्री , हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसीबल स्टेरीङ्ग कोलुम आदी जस्ता अत्याधुनीक बिषेशताहरु यस बसमा रहेकोछ साथैलेटेस्ट जेनेरेशनको Abs  तथा Esp जस्ता अन्य आधुनिक शुरक्षा प्रणाली समेत जडान भएको छ ।

आकर्षक र सुबिधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछी पुन यात्राका लागी रोजाइमा पर्ने कम्पनीको भनाई रहेको छ । स्लाइडीङ्ग डोर सहितको तिन ढोका यूक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु रहेको छ । सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागी फ्रन्ट बम्पर डिजाइन , कुनै दुर्घटना भैहालेमा पनी हेड इन्जुरी कम होस भन्नका लागी त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरीएको छ ।

यस गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस बसको सुरुवाती मुल्य बयासी लाख उनानसय हजार रुपैया रहेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend