जन आकाश
काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा. लि. दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८० योजना सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहक महानुभावहरुको दशैं तिहार विशेष र हर्षोल्लास पूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ SUV लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् ।
हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजनामा निदै आएको छ । हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट,स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ । २१ भाद्रदेखि शुरु भएको यस हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नुहुने महानुभाबहरुले पनि यो योजनामा सहभागिता जनाउन योग्य हुनेछन् । नाडा अटोशो २०२३ मा हुन्डाईको B5 स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरुले हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ ।
यो योजना मंसिर ३ (छठ पवर्) सम्म लागू हुनेछ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोड ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend