logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दै


  • जन आकाश
  • शुक्रबार, भाद्र २२ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विन्ड‍ अन्तर्गत दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अहिले म्यानमारमा छ ।



नेपाल र म्यानमारबीचको पहिलो खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ । फिफा वरीयतामा म्यानमार १६० औं स्थानमा र नेपाल १७५ औं स्थानमा छ । नेपाल र म्यानमारबीच अहिलेसम्म २ खेल भएकामा दुवैमा नेपालले हार बेहोरेको छ । नेपाल र म्यानमारबिचको दोस्रो मैत्रीपूर्ण खेल आउने सोमबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend