logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘दिमाग खराब’ फिल्मको टिजर सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, भाद्र २२ २०८०

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को टिजर सार्वजनिक भएको छ । ‘पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको यो सोसल तथा पोलिटिकल ड्रामामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका छ ।



कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मबाट निश्चलले निर्देशनमा कमब्याक गर्न लागेका हुन् । राजनीति र नागरिकको सम्बन्ध, अपेक्षा र लडाइँबीचको यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा छ । ‘लुट २’ पछि निर्देशक निश्चलको पुनरागमनलाई महत्वका साथ हेरिएको छ ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, बाबुल गिरी र जयन वाइबाको संगीत, राजकुमार उप्रेतीको एक्सन कोरियोग्राफी र रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend