जन आकाश
काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित भएको छ । पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पराजित भएसँगै नेपाल सन् २०२४ मा हुने ग्लोबल टी-२० छनोटमा पुग्नसमेत असफल भएको छ ।
जितको लागि १०६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गर्दै १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमात्रै बनाउँन सक्यो । नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित १७ रन बनायो । यस्तै कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाए । नेपालको सुरुवात राम्रो रहेन । ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा आउट गरे दोस्रो ओभरमा थिपाचा पुथावोङले इन्दु बर्मा र रुविना क्षेत्रीलाई आउट गराउनुभएपछि नेपाल संकटमा परेको थियो । इन्दु बर्मा तीन रन र कप्तान रुविना क्षेत्री शून्यमा एलबीडब्लू आउट भएका थिए ।
पाँचौं ओभरमा फनिता मायाको बलमा सीता रानामगर एज लागेर विकेटकिपर सुवानाबाट क्याच आउट भएपछि नेपालको आशा लगभग सकिएको थियो । विन्दु रावल खाता नै खोल्न नसकी आउट भए । पूजा महतो ४ र अश्मिना कर्माचार्य ३ रनमा आउट भएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend