जन आकाश
काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ ।
सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन भएको थियो । टाटालाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाइ साथमा लिएर अगाडी बढने गरको बताए ।
सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रबिधिहरुको तालिम उपलब्ध गराई रहेको जानकरी गराउदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेका थिए । कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनको लागी सिप्रदीले नबिल बैंक संग समझौता गरको अनि नयाँ प्रविधिसंग अभ्यास हुन डायनामिक टेक्नोसफ्ट संग समझौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराउनु भयो । श्रेष्ठले ग्राहकलाइ टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराज संग समझौता गरि दराज मा उपलब्ध गराएको जानकारी गराएका थिए ।
कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरुलाई बिभिन्न उपहारहरु प्रदान गरिएको थियो । टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गर्नुभयोे भने आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरे कार्यक्रमलाई सम्बोधन गर्दै टाटा मोटर्स अन्तरराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रबिधिलाइ आत्मसाथ गर्नु पर्ने बताउदै सम्पूर्ण उपहार बिजेताहरुलाई बधाई दिदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend