logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रुची घिमिरेको “ स्वामीज्यू ” बोलको तीज गीत बजारमा


  • जन आकाश
  • आइतबार, भाद्र २४ २०८०

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व तीज आउन केही समय बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तीजका गितहरुले बजार भने ब्यापक रुपमा तताउन थालिसकेका छन् ।



छाडा र उत्ताउला गीतले तीजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला तीजको झल्को मेटिने गरी गाउँघरमा आमा ,बुवा हजुरआमाहरुले घन्काउने लोक भाकालाई टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक  गीत रुची घिमिरेले ( स्वामीज्यू) बोलको तीज गीतको म्युजिक भिडियो बजारमा ल्याकी छन् ।

गायिका घिमिरेको आफ्नै रचना र मिठास स्वर रहेको गितमा संगीतकार सुमन वैरागीले संगित भरेका छन, भने संगीत संयोजन विपिन आचार्यको रहेको छ । जिवि आग्राीको निर्देशन रहेको गीतमा स्वामीज्यूमा अन्जु सुनवार, दुर्गा भट्ट, नरेश विरसिं , अशोक विके लगायतका कोरस टिममाथि दृष्याङ्कन गरिएको छ । भने गीतको छायाङ्कन नरेश एैरले गरेका छन् । त्यस्तै भिडियो पोस्टको काम राग भिजन मल्टि मुभिज प्रालिले गरेको छ ।

रुची घिमिरेले यसअघि पनि शिव जिले सक्ती देउन , गालैमा कोठी लगायतका दर्जनौ गीत बजारमा सार्वजनिक गरिसकेकी छिन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend