जन आकाश
काठमाडौं । बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ ।
सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलदेश अब फाइनल पुग्ने सम्भावना सकिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंग्लादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो ।
अब सुपर फोरको अन्तिम खेल भारतसँग खेल्ने छ । भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना बाँकी हुने छैन् । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एक एक खेल खेलेका छन् । प्रेमदासा स्टेडियम कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो ।
श्रीलंकाका सदिरा समर बिक्रमाले ९३ रनको उत्कृष्ट पारी खेले यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुम निसनकाले ४० रन जोडेका थिए । कप्तान डासुन सनकाले २४ तथा दिमुथ करुणारत्नेले १८ रनको पारि खेले बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिएका थिए ।
२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २३६ रनमात्रै बनायो । बंगलादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए । यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१ रन जोडेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend