logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भक्तपुरमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो Blue square शोरुम


  • जन आकाश
  • मंगलबार, भाद्र २६ २०८०

काठमाडौँ । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता“ MAW Enterprises Pvt. Ltd” ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।



भाद्र २५ गते प्रमुख अतिथि प्रियका कार्कीको हातबाट उद्घाटन गरिएको कौशलटार, भक्तपुरमा अवस्थित उक्त Two wheeler industry कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा “Blue Square” लाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको “Global
Motor Sport Legacy” लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिईएको छ ।

Blue Square शोरुममा प्रयोग गरिएको “Blue”कलरले यामाहा ब्राण्डको “Racing DNA” लाई झल्काउने र “Square” ले ““One Stop Buying Junction” जसमा ग्राहकले मोटरसाईकल, स्कुटर,Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।

यस शोरुममा “Better Customer Experience” अनुभव गर्नुको साथै छिटो र र “Personalized One To One Service” प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट  यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै “Digital Technology” मार्फत“QR Code” स्क्यान गरेर Brochure हरु प्राप्त गर्र्न  सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा “Blue Square” को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ । साथै भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend