logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आदर्श मिश्रको ‘एकादेशको सहर’ गीत सार्वजनिक


  • जन आकाश
  • मंगलबार, भाद्र २६ २०८०

काठमाडौँ– कमेडियन आदर्श मिश्रको मुख्य अभिनय रहेको गीत ुएकादेशको सहरु बजारमा आएको छ। उक्त गीत सुरज महर्जनको स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उनकै रहेको छ।



संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई विकास केसीले छायाङ्कन तथा सम्पादन गरेका छन् ।

आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै बिदेसिएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend