जन आकाश
काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकलद्धार नाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा सुरु भएको १५औ संस्करणको अटो सो “टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३” मा यी उत्पादनहरुको विक्री वितरण शुभारम्भ गरिएको हो ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend