जन आकाश
काठमाडौं । पछिलो समय नेपाली सांगीतिक क्षेत्र फराककिलो बन्दै छ कलाकारहरुले नयाँ नयाँ सिर्जनाहरु बजारमा ल्याएका सोही क्रम्मा गणेश बाबु बिकले “पिरनहुनी कोछर ” बोलको गीत आफ्नै युटुब च्यानल (Gbk Entertainment) बाट सार्वजनिक गरेका छन् । उक्त गीत अहिले व्यापक चर्चामा छ ।
छाडा र उत्ताउला गीतले समाजलाई खल्लो र विकृति उन्मुख बनाइरहेको बेला माया पिरतीको झल्को मेटिने गरी गाउँघरमा आमा ,बुवा हजुरआमाहरुले घन्काउने लोक भाकालाई टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक “पिरनहुनी कोछर ” बोलको गीतको म्युजिक भिडियो गणेश बाबू बिकले बजारमा ल्याएका छन् ।
उक्त गतिको शब्द संगित गोबिन्द पंगेनी को रहेको छ भने गणेश बाबू बिक ,आशा बिक, गोबिन्द पगेनीको आवाज रहेको छ । भिडियो निर्देशन गणेश बिक स्वयमको रहेको गीतमा बिरेन्द« परियारको छायाँकन र आशा बिक, गणेश बाबू बिक र गोबिन्द पगेनी लगायत टिमको अभिनय आकर्षक रुपमा देखन सकिन्छ ।
निर्देशनमा होस या गायकिमा अधभूत क्षेमता भएका बिक पछिलो समय दर्शक माझ निकै लोकपृय बनेका छन् । माईला सिरियलको निर्देशन र माईला क्यारेक्टरबाट चिनिने बिकले पछिलो समय दर्जनौ गीत बजारमा ल्याएका छन् । कति गीत अहिले युटुबको टेन्ड्रिङमा छन् भने कति गीतले इतिहास रचेका छन् । लोमो समय कलाकारीता क्षेत्रमा संघर्ष गरेका गणेश अहिले दर्शकमाझ निकै लोकपृय बनेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend