जन आकाश
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शो २०२३ मा हिजो अर्थमन्त्री प्रकाश शरण महत बाट अनावरण गरिएको SX भेरियन्टको Hyundai EXTER -SUV अब चाँडै नै अरु भेरियन्ट सहित बिक्री वितरण सुरु गर्ने जनाएको छ ।
Hyundai EXTER ५ सिटर कम्प्याक्ट एसयूभी हो जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV रहनेछ । कम्पनी ले E, S,SX,SX(O) गरी चार भेरियन्टमा Hyundai EXTER ल्याउने छ ।
Hyundai EXTER मा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।
Hyundai EXTER मा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend