logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

दक्षिण अफ्रिका १११ रनले विजयी


  • जन आकाश
  • बुधबार, भाद्र २७ २०८०

काठमाडौँ – पाहुना टोली अस्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको तेस्रो खेलमा दक्षिण अफ्रिकाले शानदार जित हात पारेको छ ।



मंगलबार राति दक्षिण अफ्रिकामा भएको खेलमा घरेलु टोलीले अस्ट्रेलियालाई १ सय ११ रनले पराजित गरेको हो । यससँगै सिरिजमा अस्ट्रेलियाले २–१ ले मात्र अगाडी रहेको छ ।

जितका लागि ३ सय ३९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३४ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय २७ रन बनायो ।

अस्ट्रेलियका लागि डेभिड वार्नरले सर्वाधिक ७८ रन बनाए । अस्ट्रेलियालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जीले सर्वाधिक ४ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३८ रन जोड्यो । उसका लागि आइडेन मार्करामले सर्वाधिक १ सय २ तथा क्विन्टन डी ककले ८२ रन बनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend