logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रभा राईको “मायाको सिलसिला” बोलको गीत चर्चामा


  • जन आकाश
  • बिहिबार, भाद्र २८ २०८०

काठमाडौँ– पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्र फराकिलो बन्दै गएको छ कलाकारहरूले नयाँ नयाँ सिर्जनाहरू बजारमा ल्याएका छन् । सोही क्रममा प्रभा राईले “ मायाको सिलसिला ” बोलको गीत बजारमा सार्वजनिक गरेकी छिन् । उक्त गीत अहिले व्यापक चर्चामा छ ।



छाडा र उत्ताउला गीतले समाजलाई खल्लो र विकृति उन्मुख बनाइरहेको बेला माया पिरतीको झल्को मेटिने गरी गाउँघरमा आमा ,बुवा हजुरआमाहरूले घन्काउने लोक भाकालाई टपक्क टिपेर निकै मार्मिक र रोमाञ्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक “मायाको सिलसिला” बोलको गीत प्रभा राईले बजारमा ल्याएकिछिन् ।

उक्त गतिको शब्द सङ्गीत सिताराम परियारको रहेको छ भने शान्ति श्री परियार, प्रभा राई र सिता।राम परियारको आवाज रहेको छ । भिडियो निर्देशन विशाल वैरागीको रहेको गीतमा सुजन बाबु गुरुङ, सविता राई, स्वस्तिका केसी, तिलक शाही, त्रिशन राई, दिलीप राई, दिपेश राई, प्रशंसा शर्मा लगायत टिमको अभिनय आकर्षक रुपमा देखन सकिन्छ ।

छोटो समयमै श्रोता दर्शकको मन जित्न सफल भएकी प्रभा राईका दर्जनौँ गीतहरू बजारमा सार्वजनिक भएका छन् भने कति गीतले इतिहास समेत रचेका छन् । पछिल्लो समय राई लाइभ दोहोरी, स्टेज प्रोग्राममा समेत निकै व्यस्त देखिन्छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend