जन आकाश
बेन स्टोक्सले कीर्तिमानी प्रदर्शन गरेको तेस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
जितसँगै घरेलु टिम इंग्ल्यान्डले चार खेलको सिरिजमा २-१ को अग्रता लिएको छ । घरेलु मैदान ओभलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४८.१ ओभरमा अलआउट हुनुअघि ३६८ रन जोड्यो । उसका लागि बेन स्टोक्सले १८२ रन जोडे यो इंग्ल्यान्डका लागि एकदिवसीय खेलको एकै इनिङ्ग्समा उच्च स्कोर हो । डविड मालनले ९६ रन जोड्दा इंग्याल्यान्डको स्कोर बढेको थियो ।
बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ५ विकेट लिए । ३६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा १८७ रनमै अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले ७२ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए । बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्स र लियाम लिभिङस्टोनले ३.३ विकेट लिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend