logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कराते टोली स्वदेश फर्कियो


  • जन आकाश
  • बिहिबार, भाद्र २८ २०८०

काठमाडौं– थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडी टोली बुधबार राति स्वदेश फर्किएको छ ।



सेप्टेम्बर ६ देखि १० तारिखसम्म थाइल्यान्डमा भएको च्याम्पियनसिपमा नेपालले सिनियरतर्फ कांस्यसहित १२ पदक जितेको थियो । नेपालले सिनियरतर्फ एक कांस्यसहित जुनियर र क्याडेततर्फ गरी १२ पदक जितेको हो ।

च्याम्पियनसिपमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको नेपाली टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend