logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, भाद्र २९ २०८०

काठमाडौं– फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले गए राति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लिओनल मेसी पनि अवार्डको दाबेदारको रुपमा छन् ।



क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा छैनन् ।

पुरुषतर्फ १२ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । जसमा मेसीसहित पिएसजीका केलिएन एमबाप्पे र सिटीका एर्लिङ हालान्ड मुख्य दाबेदार छन् ।

यसबाहेक सिटीका युलियन अल्भारेज, रोड्री, बर्नार्डो शिल्भा, केभिन डे ब्रुएना छन् । गत सिजन सिटीमा ट्रेबल जितेर यस सिजन बार्सिलोना पुगेका ईल्के गुन्डोगान पनि मनोनयनमा छन् ।

यस्तै आर्सनलका डेक्लान राई, नापोलीका भिक्टोर ओसिमहेन र केभिचा केभारात्खेलिया तथा अल नासेरका मार्सेलो ब्रोजोभिच छन् ।

महिलातर्फ विश्वकप विजेता स्पेनका कप्तान आईतना बोनमाटीसहित १६ खेलाडी मनोनयनमा छन् ।

पुरुष प्रशिक्षकतर्फ सिटीकै पेप ग्वार्डिओला, ईन्टर मिलानका सिमोन ईन्जाघी, टोटनहमका एन्ज पोस्टेग्लु, ईटलीका लुसियानो स्पालेट्टी र बार्सिलोनाका जाभी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend