जन आकाश
काठमाडौं । दयाहाङ राई र मिरूना मगरको अभिनय रहने फिल्म रंगेली को छायांकन सुरू भएको छ ।
सुनसरीको इटहरीमा फिल्मको पहिलो शट लिँदै छायांकन सुरू गरिएको हो । पहिलो शट कलाकार शेखर चापागाईंले दिएका थिए । फिल्मको छायांकन रंगेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा गरिने निर्देशक अर्जुन सुवेदीले जानकारी दिए ।
सोमबार मोरङको रंगेलीस्थित काली मन्दिरमा शुभ मुहूर्त गरिएको थियो । मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएनन फिल्मको शुभ मुहूर्तमा उपस्थित नभएपनि छायांकनको तालिका अनुसार कलाकार पुग्नेछन् । फिल्मका कलाकार व्यस्त रहेको बताउँदै निर्माता जीतेन्द्र खतिवडाले भने, दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भइरहनुभएको छ । मिरूना पनि अर्को फिल्मको प्रचारमा समय दिइरहनु भएको छ । हामीले सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौं ।
अभिनेता प्रवीण खतिवडाको छायांकन सुरू भएको छ । अर्पण थापा, मिरूना मगर र रमेश बुढाथोकी बुधबार छायांकन स्थल पुग्नेछन् भने दयाहाङ राई अर्को हप्ता पुग्नेछन् । फिल्मलाई सुशन प्रजापतिले छायांकन गरिरहेका छन् ।
अर्जुन सुवेदी लिखित तथा निर्देशित फिल्ममा दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायत कलाकारको अभिनय रहनेछ । यो फिल्म २०८० सालको फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend