logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने


  • जन आकाश
  • आइतबार, भाद्र ३१ २०८०

मनहरी । हेटौंडामा दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।



अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका खेलाडीको सहभागिता रहने जानकारी दिए । उहाँका अनुसार प्रतियोगितामा विजेतालाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख एक हजार नगदसहित पुरस्कार वितरण गरिनेछ ।

क्लबका अध्यक्ष तितुङले प्रतियोगितामा देशभरका १८-२० क्लबको सहभागिता रहने जनाउँदै खेलका लागि १६ लाख खर्च हुने अनुमान गरिएको बताए । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने तितुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend