जन आकाश
काठमाडौं । सिमोस सुनुवार निर्देशित फिल्म “हात्तीछाप ”को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
आइतबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका छन् । यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । उनलाई बोत्तल राजा पात्रको रूपमा प्रस्तत गरिएको छ ।
किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा सौगातसँगै दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।
यो फिल्ममा राजिव गुरुङ, पुष्कर गुरुङ र अमलादेवी राइको लगानी छ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । सुशन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन् । किरणले यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म २ नम्बरीले बक्स अफिसमा सुखद कमाइ गरेको थियो । यस फिल्ममा २ नम्बरीु कै टिम दोहोरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend