logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसियाड पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै


  • जन आकाश
  • बुधबार, असोज ३ २०८०

काठमाडौं । १९औं एसियन गेम्स (एसिडाड)  अन्तर्गत मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्दैछ । पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको इरानसँग खेल्नु नेपालको लागि ठूलो अवसर हुनेछ ।



समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३.१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा पराजित भएको नेपालका लागि समूह चरण पार गर्न कठिन देखिन्छ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

यसपटक पुरुष भलिबलमा वरीयता छुट्याउनका लागि कुनै खेल नहुने भएकोले समूह चरणबाट बाहिरिने टोलीहरु सीधै घर फर्कनेछ । सहभागी १९ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।१९औं एसियाडको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ देखि सुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भइसकेका छन् ।

नेपालले भलिबलमा पुरुष र महिला दुवैमा सहभागिता जनाउनेछ भने फुटबलमा महिला र क्रिकेटमा पुरुष टोली मात्र सहभागी हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend