logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी-२’ को नयाँ गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, असोज ३ २०८०

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक भएको छ । बडादशैंको अवसरमा असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘हिजो काम‘’बोलको गीत सार्वजनिक गरिएको हो ।



बुधवार बिहान सार्वजनिक गीतले परदेशीको पीडा र वेदना प्रस्तुत गर्छ । सतिश चापागाइले लेखेको गीतमा प्रशान्त तामाङले स्वर दिएका छन् । बीबी अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन् । गीतमा प्रकाश सपुत र दिलिप रायमाझी, रमा थपलिया फिचर्ड छन् ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी-२’मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ । रमेश बिजीको लेखन रहेको फिल्मले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथा पेस गर्छ । अध्ययनसँगै अन्य कारणले विदेशिएकाको कथा-व्यथालाई समेत चलचित्रमा समेटिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend