जन आकाश
रामेछाप । रामेछाप जिल्ला खेलकुद विकास समिति का अध्यक्ष सरोज घागा मगरले आफु निर्वाचित भएर आएपछि जिल्लाका खेलकुद एसोसिएटस अर्थात एथलेटिक्स, कराते, उसु, बलिबल,फुटबल लगायत सवै खेलकुद सघ, सस्थालाइ चलायनमान बनाएको बताएकाछन।

उनले जन आकाश मिडियासगको भेटमा उक्त कुरा बताएका हुन।
उनले जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल प्रतियोगिता सधै जिल्लामा हुने गरेको थियो उक्त प्रतियोगितालाइ देशमा आएको परिवर्तनसगै सघियता लागु भएको जसमा रामेछापका स्थानीय सरकारहरुले जिल्लास्तरीय खेलकुद आयोजना गर्न सक्छन् भन्ने उदारण दिन पनि २०८० सालको रास्ट्रपति जिल्ला रनिङशिल प्रतियोगिता लिखु तामाकोसी गाउपालिका अन्तरगत सैपुमा आयोजना गरि सफलता पुर्वक सम्पन्न गरेको र यसले रामेछापका पालिकाहरुले ठुला ठुला खेलकुद आयोजनाहरु गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको बताएकाछन् ।
उनले थप्दै भनेकाछन,रामेछापका विशेष गरेर बढि रुचाइने खेल तथा नेपालीहरुले मात्रै नभएर विश्वमा चर्चित मानिने फुटबलको लागि उमेर समुह टिम तयार गरेको र १६ बर्ष उमेर समुहका जिल्लाका फुटबल खेलाडीहरुलाइ एकहप्ता अमेरिकामा लगेर प्रशिक्षण तथा त्याहाको प्राविधिक ज्ञान, फुटबल विकासको तरिका अनुभव लिनको लागि अन्तिम तयारी गरिरहेको बताएकाछन।
त्यहा लिएको प्रशिक्षण अनुभव ज्ञान लिएर भोलिका दिनमा रामेछापका फुटबल खेलाडीहरु उत्कृष्ट भइ देशकै रास्टिय टिममा खेल्न सक्ने र विश्वस्तरमा खेल्न सक्ने बनाउन सकिन्छ कि भन्ने लागेर त्यो काम गरिरहेको बताएका हुन।
अव हुने जिल्लास्तरीय खेलकुदहरु पनि उपयुक्त कुनै स्थानीय स्तरमा नै हुने मगरको भनाइ आएको छ। जसले गर्दा रामेछापका स्थानीय तहहरु खेलकुदका लागि अव्बल हुदै गएको भान हुन थालेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend