जन आकाश
काठमाडौं । नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । यस बहुप्रतिक्षित ईभेन्ट २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ ।
राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ र २७ सेप्टेम्बर २०२३ मा उहि बाटो भएर काठमाडौं फर्किनेछ । रेसिङ गतिविधीहरूको पर्यायका रूपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रबर्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ ।
आफ्नो उद्देश्य अनुरूप नै यामाहाले रेसिङ स्पोर्ट्सलाई प्रतिबिम्बित गर्ने धेरै ईभेन्टहरूसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवर्द्धन समेत गरेको छ । यस रफ्तारलाई अगाडि बढाउँदै यामाहा नेपालले यामाहा मालिकहरूलाई दर्ता गर्न र मोटोजिपी प्रत्यक्ष अवलोकन गरि जीवनभरका लागि अविष्मरणीय अनुभव प्राप्त गर्नका लागि आव्हान गरेको थियो ।
यस कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन बरू खुल्ला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरहरूको जोशलाई उत्सवका रूपमा पनि मनाउँछ । छानिएका राइडरहरूमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का रहेका छन् भने मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend