logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भारतले जित्यो एसिया कप क्रिकेटको उपाधि


  • जन आकाश
  • बिहिबार, असोज ४ २०८०

काठमाडौं । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।



आज भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । जवाफी ब्याटिङ गरेको भारतले ६.१ ओभरमै लक्ष्य भेट्टायो । भारतका दुई ओपनर इशान्त किशन र शुभम गिलले श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पूरा गरे । टस जितेर ब्याटिङ रोजेको श्रीलंका ५० रनमै अलआउट भएको थियो ।

एशिया कपको उपाधि जित्न भारतले एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम रनको लक्ष्य पाएको थियो । भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशयी बनेको थियो । सिराजले एकै ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिए ।

एकदिवसीय ढाँचामा सबैभन्दा कम रन सन् १९८८ मा भारतले श्रीलंकाविरुद्धको फाइनलमा १८१ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ थालेको श्रीलंका ४३ दशमलब २ ओभरमा अलआउट हुँदै १७६ रनमा समेटिएपछि भारतले ६ विकेटको जित निकालेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend