logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एक्सन स्टार नेपालको अडिसन आज बाट सुरु


  • जन आकाश
  • शुक्रबार, असोज ५ २०८०

काठमाडौँ – नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित नेपाल बक्स अफिसले आयोजना गरेको एक्सन स्टार नेपालको अडिसन आजबाट सुरु भएको छ । आयोजक नेपाल बक्स अफिसले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।



यो शोको निर्णायको रुपमा प्रेम शर्मा पौडेल, उतम केसी, सोनिका बास्तोला, जगत रेग्मी छन् ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले ३ मिनेटेखि ५ मिनेटसम्मको भिडियो बनाई ९८०११६४३७५ whatsapp नम्बरमा पठाउनुपर्नेछ । अडिसन असोज १७ सम्म खुल्ला रहने छ । सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो शोमा कलाकारले अभिनय, कमेडीमा प्रतियोगिले आफ्नो प्रस्तुती दिन सक्ने शोका प्रोग्राम कोर्डीनेटर रामचन्द्र शाहाले बताउनुु भएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend