logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

विवाह बन्धनमा बाँधिइन् बलिउड अभिनेत्री परिणिती चोपडा


  • जन आकाश
  • सोमबार, असोज ८ २०८०

काठमाडौं– बलिउड अभिनेत्री परिणिती चोपडा विवाह बन्धनमा बाँधिएकी छन् । परिणितीले आफ्ना प्रेमि भारतीय आम आदमी पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी हुन् ।



भारतीय सञ्चार माध्ययमका अनुसार राजनीतिज्ञका साथै बलिउडका थुप्रै कलाकार र परिवार÷आफन्तको उपस्थितिमा उनीहरूले आज विवाह गरेका हुन् ।

राजस्थानको उदयपुरस्थित होटेल लीला र ताजलेकमा विशिष्ट पाहुँनाहरूको उपस्थितिमा अभिनेत्री परिणिती र सांसद राघवको विवाह भएको हो । उनीहरूले चार महिनाअघि इन्गेजमेन्ट गरेका थिए ।

उनीहरूबीच पहिलो चिनजान बेलायतमा अध्ययनका क्रममा भएको थियो । परिणीतिले दि युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लन्डन स्कुल अफ इकोनोमिक्स पढेका छन ्।

सन् २०२२ मा पञ्जावी फिल्म चम्किलामा काम गरिरहेकी परिणितीलाई भेट्न राघव सेटमै पुगेपछि उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend