logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

होन्डाको ‘दसैंमा दश लाख’ योजना


  • जन आकाश
  • सोमबार, असोज ८ २०८०

काठमाडौँ — होन्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दसैंमा दश लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।



‘यसका साथै चुज योर स्किमअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउने छन् वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउने छन्’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले १ रुपैयाँ फाइनान्स योजनामा पनि यो दसैंमा दश लाख योजना उपलब्ध गराइरहेको छ ।’ यसका साथै बिग बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको आकर्षक छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि रहेको स्याकर ट्रेडिङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend