logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सुजुकीको ‘बाँडौँ खुसी चढौँ सुजुकी’ अफर


  • जन आकाश
  • मंगलबार, असोज ९ २०८०

काठमाडौँ– सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भी.जी. अटोमोबमाईल्स प्रालिले दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौँ खुसी चढौँ सुजुकी’ स्किम ल्याएको छ ।



यस स्किम अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा रु १५ हजार रुपैयाँ छुट पाउनेछन् । त्यस्तै अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा ग्राहकले १० हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् वा ०५ फाइनान्सको सुविधाका साथै एक वर्ष सडक कर निःशुल्क हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । यो स्किम दसैँ, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend