logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालका फिल्म क्षेत्र हल मालिकले सिध्याए


  • जन आकाश
  • बुधबार, असोज १० २०८०

नेपालमा फिल्म बन्न नै छाडिसकेकाछन् । फिल्म चल्न छाडेका कारण फिल्म बनाउन छाडेको केहीले बताए पनि सत्य कुरा अर्कै रहेको केही फिल्म निर्माताहरुले केही दिन अगाडी बोलेका अभिव्याक्तिवाट थाहा भएको छ । नेपालमा कुनैबेला खचाखच भरिने फिल्म हलहरु पछि विस्तारै सुपरमार्केट स्टाइलमा अन्य ठाउमा सेवा सुविधाको नाममा हलहरु खुल्दै गए त्यसमा भारतीय मुलका मानिसहरुले लगानी गरेको कमप्लेक्सहरुमा हल खुल्न थालेपछि नेपालका हलहरु विस्तारै चल्न छाडेको देखिन्छ । ति नेपाली फिल्म चल्ने सवैभन्दा बढी चलेको विश्वज्योति हल समेत त्यसको मारवाट बच्न सकेन । अन्ततः भत्काएर विजनेस कम्प्लेक्स बनाउन पुग्यो भने अन्यको कुरा नै भएन । नेपालको पहिलो फिल्म हल जय नेपाल सिनेमा हल, बालकुमारी हल,अष्ट नारायण, आराधना, यस्ता थुपै्र नेपाली नामवाट जोडिएका सिनेमा हलहरुले नेपाली मौलिकता बोकेका थिए ।



ति हलहरु विस्तापित गर्न सिटी सेन्टर, केएल टावर, सिभिल महल, सिटी म्याक्स जस्ता विदेशी नामवाट खोलिएका केही नेपाली मुलका र अधिकाँस भारतीय मुलका तर नेपाली नागरिता लिएका मानिसहरुले खोलिएका हलहरुका कारण ति नेपाली नामकरण गरिएका सिनेमा हलहरु विस्तापित भएकाहुन् ।

त्यसपछि बनेको हल व्यवसायी संघ जो भारतीय मुलका मानिस तर नेपाली नागरिता लिएकाहरुले फिल्म हल संघ गठन गरेर नेपाली फिल्म निर्माण भएका फिल्महरुलाई शुरुमा ३० लाख बुझाउनुपर्ने नियम बनाई नेपालमा फिल्म निर्माताहरुलाई निरुत्सहित बनाउने निर्णय गरेर बनेका नेपाली फिल्म ३० लाँख हल संघलाइ एकमुष्ठ तिर्न नसक्दा बनेका फिल्म समेत स्कुल कलेजमा लगेर वा कतै सरकारी भवन प्रयोग गरेर चयारिटी शो भन्दै लाज छोप्नुपर्ने अवस्था आएको छ । यो नेपाली कला सस्कृतिको लागि लज्जाको बिषय हो ।

यसरी नेपालका फिल्म निर्माताहरुमा पर्न गएको समस्यालाई सम्बन्धित निकायले समयमा नै ध्यान दिई यस्ता हल साउहरुको सेन्डिकेट हटाएर नेपाली फिल्महरुलाई प्रोत्साहन गरेर नेपाली कला सस्कृतिको विकासमा सहयोग गर्नुपर्छ ।

त्यसो गर्न सकियो भने फिल्म क्षेत्र सम्बन्ध कलाकार लाभान्वित हुन्छन् । भने नेपाली सस्कृतिको सरक्षणमा पनि टेवा पुग्छ । यि गनैपर्ने कामहरु सम्बन्धित निकायले गरोस् । र बिलाउदै गएको नेपाली सस्कृतिलाई उठाउन पहल होस् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend