जन आकाश
काठमाडौं– जापानी कार निर्माता निसानले भविष्यमा ल्याउने विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरेको छ। कम्पनीले २० औं वार्षिकोत्सवको अवसर पारेर सिटी कार नेक्स्ट जेनेरेसन माइक्रा इभी लण्डनमा सार्वजनिक गरेको हो।
यसलाई कम्पनीले २०२३ कन्सेप्टका रुपमा तयार पारेको छ। यो गाडी फर्मुला ई रेस सिरिज र हेरिटेज अफ बोल्ड ब्याचब्याकका रुपमा आउने कम्पनीले जनाएको छ।
यो गाडी सन् २०२६ सम्ममा उत्पादनमा जाने कम्पनीले जनाएको छ। यो गाडी निसानको सीएमएफ(बीईभी प्लाटफर्ममा निर्माण हुनेछ।
यो माइक्रा उत्तरी फ्रान्सको फ्रान्सेली कार निर्माताको इलेक्ट्रिसीटी उत्पादन हबमा रेनो ५ मोडल सँगसँगै बनाइनेछ। यसमा १४३ किलोवाटको फ्रन्ट(माउन्टेड मोटर र एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिनेछ। यो गाडीहरुको पावरट्रेन समान हुने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend