जन आकाश
काठमाडौ । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रीक सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहने जनाएको छ।
कोना इभी को इन्ट्री भेरियन्ट (जीएल ५९ लाख ९६ हजार र जीएल (एस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेकोको छ । विद्युतीय गाडीहरुको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सर्वाधिक सफल इलेक्ट्रीक मोडल कोनाको जी एल भर्सन ल्याएको हो।
यस्तो छ कोना (जीएल इलेक्ट्रीक
नेपालमा निकै सफल कोना इलेक्ट्रीक एउटा सफल क्रसओभर ईभी हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ । नयाँ कोनामा ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो ।
हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ भनि कम्पनीले उल्लेख गरेको छ ।
हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।
हुन्डाई कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरीय बनाउने दाबी कम्पनीको छ। नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुनेछ।
नेपालमा ईलेक्ट्रिक सवारीहरुको माग बढ्दै गएको छ । त्यसमा ग्रहकहरुले रोजि रोजि ईलेक्ट्रिक गाडीहरु किन्न पाईराखेकाछन् । तर गाडी बेच्ने कम्पनीहरुले वा नेपाल सरकारले चर्जिङ स्टेशनको राम्रो व्यवास्थापन गर्न नसक्दा चालहरुलाई समस्या पर्ने गरेको बताउदै आएकाछन् । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पनि कोरियन गाडी बेच्दै आएको छ । तर चार्जिङ स्टेशनको व्यवस्थापन गर्न सकेको छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend