logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रेसिङ बियोन्ड बोर्डर्स यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस


  • जन आकाश
  • शुक्रबार, असोज १२ २०८०

काठमाडौं । नेपाल – सेप्टेम्बर २०, २०२३ ( भारतमा सम्पन्न पहिलो मोटोजीपी इभेन्टको रोमाञ्चक साहसिक अनुभव बटुलेर नौजना समर्पित यामाहा उत्साही र बाइकरहरूको टोली आफ्नो यात्राबाट विजयीभावमा नेपाल फर्किएको छ। सेप्टेम्बर २४, २०२३ मा नोएडाको बुद्ध सर्किटमा उद्घाटन भएको बहुप्रतिक्षित मोटोजीपीमा राइडर्स टोलीले सेप्टेम्बर २३ र २४ मा मुटुको ढुकढुकी बढाउने दौडको अनुभव गरेको थियो। त्यसपछि सेप्टेम्बर २७, २०२३ मा उनीहरूले आफ्नो शब्दातीत साहसिक कार्यको उत्कर्षलाई काठमाण्डौ फर्केर बिट मारेका थिए।



रेसिङ सम्पदाका लागि प्रख्यात यामाहा नेपालमा रेसिङ संस्कृतिको प्रवर्द्धन र विकास गर्न अथक रूपमा समर्पित छ। यस प्रतिबद्धतासँगै यामाहा नेपालले यामाहा मालिकहरूका लागि मोटोजीपीको प्रत्यक्ष साक्षी बन्ने अविष्मरणीय अनुभवमा सहभागी हुने विशेष अवसरको गर्विलो घोषणा गरेको थियो। यो कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र नदेखाई खुल्ला सडकहरूमा ब्रान्डको गहिरो माया बाँड्ने राइडर्सको अटल जोशलाई पनि उत्सवका रूपमा मनाएको थियो।

यस रोमाञ्चक यात्रामा सहभागी हुने राइडरहरुमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की, तारा खड्का र मार्शल प्रमोद श्रेष्ठ थिए।

साहसिक कार्यका अतिरिक्त यामाहाका प्रतिष्ठित सवार फाबियो क्वार्टारारोले यो आइतवार उल्लेखनीय प्रदर्शनका साथ भारतीय भूमिमा अमिट छाप छोडे। उनले आफ्नो असाधारण सीप र अटल दृढता देखाउँदै यस वर्ष दोस्रो पटक पोडियम फिनिश जितेका थिए।

मोटोजीपी च्याम्पियनसिप विश्वको सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ इभेन्टहरूमध्ये एक हो जसमा विश्वका सबैभन्दा दक्ष राइडर र अत्याधुनिक मेसिनहरू समावेश छन्। यामाहा आफ्नो समृद्ध रेसिङ इतिहासको साथ रेसिङको दुनियाँमा आफ्नो स्थायी प्रतिबद्धतालाई अझ सुदृढ पार्दै यस रमाइलो खेलको हितका लागि निरन्तर अग्रभागमा रहँदै आएको छ।

यामाहा नेपालले आफ्ना नौजना समर्पित राइडरहरूका साथ मोटोजीपीको थ्रिल र मोटरसाइकलप्रतिको अटुट प्रेमको उत्सव मनाउन यो असाधारण यात्रा सुरु गरेको थियो। आठ दिनमा २१६० किलोमिटरको दूरी छिचोल्दै यो साहसिक कार्यले उनीहरूको असीम जोश र अटल प्रतिबद्धताको बलियो प्रमाणको रूपमा कार्य गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend