logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रोग्रेसिभ एजुकेशनल फोरम द्वारा अन्तर-विद्यालय स्तरीय कथा बाचन सम्पन्न


  • जन आकाश
  • शनिबार, असोज १३ २०८०

प्रोग्रेसिभ एजुकेशनल फोरम द्वारा अन्तर-विद्यालय स्तरीय कथा बाचन सम्पन्न



काठमाण्डौ । प्रोग्रोसिभ एजुकेशनल फोरमको आयोजना तथा ज्ञानदीप शिक्षा सदनको  संयोजकत्वमा अन्तर-बिद्यालय स्तरीय कथा-वाचन सम्पन्न गरिएको  छ ।

गौरीनगर-७ चावहिल अवस्थित ज्ञानदीप क्षिक्षा सदन विद्यालयले सो अवसरमा कथाबाचन विधामा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार बितरण तथा सम्मान गरिएको जनाएको छ ।

लुम्विनी फाउन्डेसनका निर्देशक रविनचन्द्र कोइरालाको प्रमुख आतिथ्यता एवं प्रोग्रेशिभ एजुकेशनल फोरमकी अध्यक्ष तथा ज्ञानदीप शिक्षा सदन विद्यालयकी प्राचार्य कवि एवं समालोचक सीता भट्टराईको सभापतित्वका साथै प्रशिद्ध कथा-वाचक एवं प्रशिक्षक प्रशिद्ध रेडियोकर्मी अच्युत घिमिरे( बुल्बुल) र नाट्य प्रशिक्षक देव न्यौपानेको निर्णायकत्वअनि प्रोगेसिभ एजुकेसनल फोरमका सचिव एवं दुर्गा भवानी एकेडेमीका प्राचार्य लम्बोदर घिमिरे लगायत प्रोग्रोसिभ एजुकेसनल फोरमका सदस्य विद्यालयका प्राचार्य तथा निर्देशकहरुको उपस्थितिमा कथा- वाचन प्रतियोगिता सम्पन्न गरिएको थियो ।

प्रोग्रोसिभ एजुकेशनल फोरम (पि.ई. एफ.) अन्तर्गतका दुर्गा भवानी एकेडमी, अनमोल ज्योति, लभ्ली एन्जल्स, न्युमोनिक मोडर्न एकेडमी,मोक्षदा स्कुल,न्युसनसाइन सेकेण्डरी, सेन्ट लरेन्स,मिसन पब्लिक र महान् सिद्धार्थ हाइस्कुल प्रत्येक सदस्य विद्यालयबाट २ जनाका दरले प्रतिनिधित्व जनाएका विद्यार्थीहरु मध्यबाट छात्र तर्फ मोक्षदा स्कुलका निरञ्जन उप्रेती प्रथम,दुर्गा भवानी एकेडेमीका उज्ज्वल गौतम द्वितीय,महान सिद्धार्थ विद्यालयका आशुतोष दुलाल तृतीय र न्युमोनिक  एकेडेमीका सुवम भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् भने छात्रातर्फ  मोक्षदा विद्यालयकी तपस्या खतिवडा प्रथम, दुर्गा भवानी एकेडेमीकी दिवासना धमला द्वितीय,अनमोल ज्योति विद्यालयकी समीक्षा दाहाल तृतीय का साथै न्युसनसाइन माध्यमिक विद्यालयकी छात्रा प्रतिमा राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रमुख अतिथिका रुपमा रहेका रविनचन्द्र कोइरालाले समारोहलाई सम्बोधन गर्दै भविष्यका कर्णधारका रुपमा रहेका बालबालिकाहरुका  अन्तर्निहित क्षमतालाई प्रकट गर्नका लागि विद्यालयले बेलाबेलामा आयोजना गर्ने यस्ता कार्यक्रमले यथेष्ट सहयोग पुग्ने बताऊँदै पुरस्कृत विद्यार्थीहरुले समेत आफुमा अन्तरनिहित क्षमतालाई नियमित रुपमा अभ्यास गर्नुका साथै  अन्य बिद्यार्थी भाई-बहिनीहरुले आफ्ना आन्तरिक कलाको साधना नियमित रुपमा गर्नुपर्ने कुरामा जोड दिएका छन् । यसैक्रममा सभापतिका रुपमा सीता भट्टराईले बालबालिका हरुका आन्तरिक क्षमतालाई उजागर गर्नका लागि अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण रहने बताऊँदै पि.ई. एफ अन्तर्गतका सदस्य बिद्यालयहरु बीच आन्तरिक रुपमा यस्ता विविध क्रियाकलाप गराई कृयाशिल बनाउने निरंतर प्रयास रहने बिचार ब्यक्त गरिएको थियो ।
कार्यक्रममा निर्णायकका भूमिकामा रहेका प्रशिद्ध संचारकर्मी तथा कथा-वाचक अच्युत घिमिरे ‘बुलबुल ‘ ले प्रतियोगिताका विधि प्रकृया तथा नियमहरुका बारेमा प्रकाश पार्दै  विद्यालयकालको आफूले सहभागिता जनाएका प्रतियोगिताको प्रसंगसुनाएका थिए ।

उक्त कार्यक्रममा ज्ञानदीप शिक्षा सदनमा कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान,  कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत नृत्यका साथै कक्षा ९ का विद्यार्थी स्वस्तिक ढकालले एकल गीत र कक्षा ७ मा अध्ययनरत विद्यार्थी सिमरन कोइरालाले एकल नृत्य  प्रस्तुत गरि कार्यक्रमलाई रोचकता प्रदान गरेका थिए ।

कार्यक्रम शिक्षिका सुशीला वस्नेतद्वारा कार्यक्रमलाई सभ्य एवं भव्य रूपमा सन्चालन  गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend