जन आकाश
काठमाडौ : आज गोकर्णेश्वरको मुवाई थाई नगर कमिटीको आयोजनामा पा“चौ मुवाई थाई खेल गोकर्णेश्वर महादेव मन्दिरको परिसरमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख अतिथिमा सम्पन्न भयो ।
तौलका आधारमा विभिन्न खेलहरु भएको थिए जसमा विजेताहरुलाई प्रमुख अतिथि सन्तोष चालिसे लगायत अन्य अतिथिहरुले विजेता खेलाडिहरु जस्तै प्रो–फाइटमा कृतिम श्रेष्ठ, धर्मेन्द्र राम, प्रविन राई अव्रम राई, सविन दिमदुङ विजेता थिए भने उप विजेता लाल बाबु महतो, पुर्णजित राई, भिम्पा रोहीत कायत नवराज पराजुली थिए ।
यस्तै सेमी प्रो–फाइटमा विजेताहरु सरोज तामाङ, पेम्वा छिरी तामाङ, निराजन श्रेष्ठ थिए भने उपविजेताहरु अर्जुन वाइवा, आयुष गुरुङ र रोनिस सुब्वा थिए र ऐमेच्युर फाइटमा आष्ककुमार पन्थ, सुजित गुरुङ मन्जील लामा, विश्व श्रेष्ठ विजेता थिए भने उप विजेता विवेक कृष्ण विष्ट, अश्विन पण्डित, रविन रेग्मी र स्वइकार रावत थिए ।
त्यसैगरी सम्पुर्ण विजेता खेलाडीलाई प्रमुख अतिथी लगायत विशिष्ट अतिथिले वेल्ट, ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चालिसेले पानसमा बत्तिपाली समुद्घाटन गरेका हुन ।
उदघाटन पछि सम्बोधनको क्रममा चालिसेले भने” यो खेल म नगर प्रमुख भएकै वेला देखि शुरु गरिएको थियो । यो खेलले स्थानियमा मात्र नभएर अन्तराष्ट्रि स्तरसम्म चिनाउन सफल हुनु भएकोमा खेलाडीलाई बधाई दिदै यो खेल शुरु गरेर हाम्रो देशमा रहेका युवाहरुलाई यस खेलमा लगाउदै देश विदेशमा खेललाई चिनाउन मात्रै होइन विदेशिने बाट पनि बचाउन सफल गुरु सानु कुमार श्रेष्ठलाई धन्यबाद ” भनि प्रसम्सा गरेका थिए।
कार्यक्रममा विशेष अतिथि गोकर्णेश्वर नगर पालिकाको उप प्रमुख सान्नाली लामा त्यस्तै अतिथिमा वडाका वडा प्रमुख जयराम श्रेष्ठ लगाएत समाजसेवि, ब्यापारीलगायतको उपस्थिति रहेको थियो ।
यो खेलहेर्नलाई विभिन्न ठाउ“बाट आएका दर्शकहरुको घुइचो थियो ।
तस्वीर : प्रदीपकुमार श्रेष्ठ
फोटो पत्रकार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend