जन आकाश
काठमाडौं । गायक तथा संगीतकार गणेश बाबु बिक सांगीतिक क्षेत्रमा सक्रियतका साथ आफ्नो सिर्जन धर्मलाई अघि बढाइरहेको छन् । सानैदेखि कलाकारितामा रुचि भएका गायक शर्जक बिकले अन्य कुनै पनि पेशा र व्यवसाय नभइ यही क्षेत्रलाई थप व्यवसायिक रुपमा अघि बढाएर आफ्नो जीविकोपार्जनमा उनले जोड दिएका छन् ।
प्युठानको झिमरूक गाँउपालिका–३ मा बुवा शाङ्ल बाहादुर बि क र आमा रामी बिकको कोखबाट जन्मिएका गणेश नामले परिचित छन् पछिल्लो समय लोक संगीतमा व्यस्त छन् । २०७४ सालमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले दुई वर्षजति संगीत कक्षा लिएको जानकारी दिए । उनले दर्जनौ भन्दा बढी गीतमा संगीत भर्नुका साथै तीन दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend