logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रिय संगीतकर्मी संघ उपत्यका समितिको अध्यक्षमा शिव सागर खड्का


  • जन आकाश
  • आइतबार, असोज १४ २०८०

काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको अध्यक्षमा शिव सागर खड्का चयन भएका छन् ।



शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनले खड्काको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
खड्का यसअघि संघको कोषाध्यक्ष थिए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उद्धव घिमिरे, प्रथम उपाध्यक्षमा मीरा गिरी र उपाध्यक्षहरुमा रामप्रसाद पाठक, प्रदीप चौलागाई, विष्णु माया पौडेल र देव प्रसाद साहनी चुनिएका छन् । महिला उपाध्यक्षमा मीरा तामाङ चयन भएकी छिन् ।

संघको महासचिवमा नयन सोडारी चिन्तित, उप महासचिव विष्णु कुमार गिरी (निश्चल) र सचिवहरुमा यमन खनाल, रामकृष्ण बिक, मान बहादुर तामाङ, भीम केसी खत्री चयन भएका छन् । सह सचिवमा पार्वती केसी चुनिएकी छिन् ।

कोषाध्यक्षमा अमृता रायमाझी र सह–कोषाध्यक्षमा सर्मिला सुनुवार चयन हुँदा संघको प्रवक्ताको जिम्मेवारी दिल कुमार वि.क.लाई दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend