जन आकाश
काठमाडौं । निरजाले बोलको गीत सार्वजनिक भएको छ । आइतबार गायक शर्माकै युट्युब च्यानलमार्फत निरजाले बोलको गीत सार्वजनिक गरिएको हो । गायनमा शर्मालाई अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतमा संगीत पनि गायक शर्माकै छ ।
एकनारायण भण्डारीले लेखेको गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलीले गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको भिडिओमा आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीलाई देख्न सकिन्छ । सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेको गीतलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । गीतलाई टंक कार्की छिमेकीले निर्माण गरेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend