logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म ‘दिमाग खराब’ को नयाँ गीत बजारमा


  • जन आकाश
  • मंगलबार, असोज १६ २०८०

काठमाडौँ । आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘दिमाग खराब’  फिल्मको ‘झम्के झमा झम’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।



सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र सुपुष्पा भट्टको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल लगायत पनि देखिएका छन् । बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतमा सुमित खड्का र नम्रता काफ्लेको स्वर छ । गीतको कोरियोग्राफी भने शेखर घर्तीमगरले गरेका हुन् ।

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा निर्माण भएको हो । आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत तथा रोहित शाक्यको ब्याक ग्राउन्ड स्कोर समेत फिल्ममा छ ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, सुमन कार्की लगायतको अभिनय रहेको फिल्मको सुरज बम ठकुरी कार्यकारी निर्माता र रौनकविक्रम कँडेल निर्माता रहेका छन् । फिल्म जनता र शक्तिको कथामा केन्द्रित रहेको बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend